Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रमुख प्रतिपक्षी दलहरूको अडान : लिखित प्रतिबद्धता आए मात्र संसद् चल्न दिन्छौ

प्रमुख प्रतिपक्षी दलहरूको अडान : लिखित प्रतिबद्धता आए मात्र संसद् चल्न दिन्छौ

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए मात्र संसद् खोल्न तयार रहेको प्रमुख प्रतिपक्षी दलहरूले जनाएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने पक्षमा एक मत भएका विपक्षी दलहरूले समिति बनाउन लिखित प्रतिबद्धता गरे संसद् चल्न दिने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेक हितराज पाण्डेले बताएका छन् ।

प्रतिपक्षी दलहरू भने एक कदम पछि हटेर अहिले तत्काल छानबिन समिति नबनाए पनि छानविन समिति बनाउने प्रतिबद्धता आए संसद खोल्न सकिने बताएका छन् ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077