Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शिक्षक, प्राध्यापकका जायज माग पूरा गराउन पहल गर्छु : सभापति देउवा

शिक्षक, प्राध्यापकका जायज माग पूरा गराउन पहल गर्छु : सभापति देउवा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका जायज मागलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्दोलनपछि शिक्षकहरूसँग सरकारले गरेका सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका हुन् । 

उनले शिक्षकको सेवा सुविधाका सन्दर्भमा मुलुकको आर्थिक अवस्थालाई हेरेर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

शिक्षक, प्राध्यापकका जायज मागलाई पूरा गराउनका लागि आफूले पनि सक्दो पहल गर्ने उनले बताए । 

सभापति देउवाले विद्यार्थीहरूको भविष्य निर्माण गरेर आफ्नो परिवार समेत पाल्न शिक्षकहरूलाई सहज नरहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077