काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठक आह्वान गरिएको छ ।
बैठक शुक्रबार दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
बैठकमा मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसीबीच सहकार्य, भिजिट भिसालगायत विषयमा छलफल हुने राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।