काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच बिहीबार भेटवार्ता भएको हो ।
संसद् अवरोध भइरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन्।
यो भेटघाट नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।