Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया, झिनो अन्तरले हारे पौडेल

अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया, झिनो अन्तरले हारे पौडेल

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।

अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् ।

कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत प्राप्त गरे ।

उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् ।

विद्युतीय मेसिनबाट भएको मतदानमा एक हजार पाँच सय ५१ मध्ये एक हजार चार सय ५० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077