काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज पनि विपक्षी दलहरूको बैठक बोलाएको छ ।
संसद्को जारी गतिरोध अन्त्यका लागि संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् ।
भिजिट भिसा प्रकरणको सहमतिका लागि गरिएको प्रस्ताव वारे विपक्षी दलहरूबिच पुनः साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताए ।
विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाए लगत्तै सत्तापक्षसँग छलफल गर्ने उनको भनाई छ ।