Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

व्यक्तिगत धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् : आरजु राणा

व्यक्तिगत धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् : आरजु राणा

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले एक दैनिक पत्रिका सञ्चालन गर्दै आएको कम्पनीकी निर्देशकसँग भएको कुराकानीलाई तोडमोड गरेर समाचार बनाएकोप्रति आपत्ति जनाएकी छन् ।
देउवा परिवारलाई बदनाम गराउने दुसित मनासयसहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा कुराकानी भएको विषयलाई धम्की दिएको भनी समाचार प्रकाशित गरेको भन्दै परराष्ट्रमन्त्री राणाले आपत्ति जनाएकी हुन् ।

उनले आज फेसबुकमा एक स्टाटस लेख्दै तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग कुराकानी भएको बताएकी छन् ।

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउपुर्जी जारी भएपछि देउवा परिवारको चौतर्फी आलोजना भइरहेको छ । तर, परराष्ट्रमन्त्री राणले भने उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानन अनुसार नै न्याय खोजेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु ।
हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।

उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।
उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्द अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।’

यस्तो छ देउवाको फेसबुक स्टाटस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077