Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उनीहरू फरार रहेका छन् ।

उनीहरू अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन् ।

उपचार गर्न हाजिर जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।

अदालतको नजरमा मिश्र र राणा फरार रहेका छन्।

उनीहरू सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077