काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार हुँदै गएपछि आईसीयूबाट वार्डमा सारिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई अहिले स्वास्थमा सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको छ ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले आईसीयूमै राखेर उपचार गरिएको वैद्यको केही दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।
७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । दुई सातादेखि उनको आईसियुमा उपचार गरिएको थियो ।