Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीसामु गरे यस्तो गुनासो

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीसामु गरे यस्तो गुनासो

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । सबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएपछि एकाएक चर्चामा आएका रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

मंगलबार बिहान डाक्टर श्रेष्ठले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैंसेपाटीमा भेट गरेका हुन।

भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको असहयोगबारे गुनासो पोखेका थिए। सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए।

डाक्टर श्रेष्ठले आफ्ना समस्याहरूका बारेमा गृहमन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए। स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठले प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए।

सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृहमन्त्रालयको विज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो।

डाक्टर श्रेष्ठले आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको कुरा फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077