Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टाँसी बाल विकास विद्यालयका ३५ विद्यार्थीलाई झोला वितरण

टाँसी बाल विकास विद्यालयका ३५ विद्यार्थीलाई झोला वितरण

मंगलवार , आषाढ ३, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेस्थित बाँझखेतमा रहेको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३५ जना बालबालिकाले नयाँ झोला पाएका छन्।

शैक्षिक सामग्री बोक्न प्रयोग हुने ती झोला कान्छी माया तामाङ फाउन्डेसन, धुलिखेलका अध्यक्ष डा. दिलबहादुर थोकर तामाङ र चौरीदेउराली गाउँपालिका वडा नं ७ हाल बौद्ध निवासी समाजसेवी कुलबहादुर लामाले प्रदान गरेका हुन् ।

झोला वितरण कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयकी प्रधानाध्यापक लक्ष्मी लामाले सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दम्जेदोर्जे लामाको अध्यक्षतामा सोमबार सम्पन्न झोला वितरण कार्यक्रममा समितका संस्थापक सदस्य नोर्बु घ्याम्चो लामा, वडा सदस्य देवी श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश योञ्जन तामाङ तथा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ग्रामीण भेगका बालबालिकाको शिक्षामा निरन्तरता, प्रेरणा र उत्साह जगाउने उद्देश्यले गरिएको यो सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको एक अभिभावकलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077