Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाको क्यालेन्डरमा किन समावेश गरिएन शिक्षा विधेयक ?

प्रतिनिधि सभाको क्यालेन्डरमा किन समावेश गरिएन शिक्षा विधेयक ?

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा समावेश गरिएको छैन् ।

प्रतिनिधि सभाले तयार पारेको पाक्षिक क्यालेन्डरमा विद्यालय शिक्षा विधेयकसँगै संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।

निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ भने विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।

बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ ।

तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077