Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनओसी अनियमितामा संलग्नलाई कारबाही गरियोस् : नेविसंघ

एनओसी अनियमितामा संलग्नलाई कारबाही गरियोस् : नेविसंघ

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र (एनओसी) प्रक्रियामा अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

संघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

गलत कार्यमा संलग्न कन्सलटेन्सीहरू तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसंघले विद्यार्थी र अभिभावक ठगिन थालेको, सरकार र मन्त्रालय मौन बसेको, तथा शिक्षा मन्त्रालयको नियमन कमजोर भएको भन्दै निन्दा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो र आफ्नो पारिवारको सुनौलो भविष्यको सपना बोकेर वैदेशिक अध्ययनका लागि मातृभूमि छोड्ने विद्यार्थीहरूमाथि प्रक्रियागत सहजताका नाममा किर्ते, ठगी र भ्रष्टाचारजस्ता गम्भीर आपराधिक गतिविधि सञ्चालन भइरहँदा समेत सरकार र सम्बन्धित मन्त्रालय आम विद्यार्थीले देखे, सुन्ने र बुझ्ने गरी सशक्त रूपमा प्रस्तुत नहुनु, छानबिन समितिको नाटक मञ्चन र औपचारिकतामा मात्रै सीमित रहनु अत्यन्त दुःखद र शंकास्पद छ ।’

एनओसी प्रणालीलाई पूर्णतः डिजिटल, पारदर्शी, विद्यार्थीमैत्री बनाउन नेविसंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077