काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट विदेश गएकाले त्यसलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।
बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए ।
वार्ता गरेर रास्वपा सहमतिमा आएपछि संदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उनको भनाई थियो ।