Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

जसपाको संघीय परिषद् बैठक आजबाट

जसपाको संघीय परिषद् बैठक आजबाट

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आजबाट सुरु हुँदैछ ।

असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बैठक बस्न लागेको हो ।

पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।

संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077