संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा जेठ १५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने बताइएको छ ।