काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि अवरोध जारी राख्ने बताएको छ ।
प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने अभ्यास रहेको स्मरण सभामुखले रास्वपालाई गराएका छन् ।
तर, रास्वपाले आफूँहरुको माग सम्वोधन नभएसम्म संसद् अवरोध गरीरहने बताएका छन् ।
नेपाली कांग्रेसले होहल्लाका बीच प्रधानमन्त्री ओलीलाई रोष्ट्रममा उभ्याउन नहुने धारणा राखेको छ ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले होहल्लाका बीचमा प्रधानमन्त्रीलाई उभ्याउनु राम्रो नभएको बताउँदै उनले शान्त वातावरण भए मात्र कार्यक्रम गर्ने सुझाव दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर रास्वपाले वेल घेराउ गर्दै आएको छ ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन ।