Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रविबिनै आज तेस्रो स्थापना दिवस मनाउँदै रास्वपा

रविबिनै आज तेस्रो स्थापना दिवस मनाउँदै रास्वपा

शनिवार , आषाढ ७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज तेस्रो पार्टी स्थापना दिवस मनाउँदैछ ।

रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने भएको हो ।

बिहान ९ बजे रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्नेछ । सभापति रवि लामिछानेको उपस्थितिविनै कार्यक्रम गरिनेछ ।

पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा छन् ।

विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077