काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी बनेपछि पछिल्लो समयमा भेट पातलिएको छ।
हाल समाजवादी मोर्चाको संयोजक विप्लव छन्। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारबाट बाहिरिएपछि मोर्चा निष्क्रिय जस्तै बनेको छ।
प्रचण्डले पार्टी एकताका लागि विप्लव लगायत पूर्वमाओवादी नेतासँग छलफल भइरहेको सार्वजनिक रुपमै बताउँदै आएका छन्।