काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद्मा अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर सांसदहरूले अवरोध गरेका हुन् ।
आज संसद्मा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएकाले तत्काल सुनुवाई हुनुपर्ने बताएकी थिईन् ।
राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी थिईन् ।