Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाले भन्यो - सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी अनेकौँ मुद्दा लगाइयो

रास्वपाले भन्यो - सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी अनेकौँ मुद्दा लगाइयो

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य संयन्त्रको दुरुपयोग गरी सभापति लामिछानेविरुद्ध अनेकौँ मुद्दा लगाइएको बताएको छ ।

शनिबार रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनकाक्रममा यस्तो बताएको हो ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शनिबार एक शुभकामना सन्देश जारी गर्दै परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी लामिछानेविरुद्ध लागेको बताए ।

वैकल्पिक राजनीतिको बलियो जग निर्माण गर्ने यात्राको तीन वर्ष पूरा भइरहँदा प्राप्त जनविश्वासप्रति कृतज्ञता प्रकट गर्दै उनले पार्टीको औचित्य पुष्टि भएको बताएका छन् ।

तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको बताउँदै उनले भने, ‘तेस्रो स्थापना दिवसको यो गौरवपूर्ण अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्नुहुने सबैप्रति उच्च सम्मानका साथ हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । यो छोटो अवधिमा मन र मतमार्फत प्रदर्शित अपार जनविश्वास र भविष्यको आशाका रुपमा गरिएको चित्रणप्रति सदैव कृतज्ञ रहने छौँ ।’

सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले थप एकताबद्ध र दृढ भने बनाएको उनले बताए ।

कार्यवाहक सभापति अर्यालले आफूहरू दशकौँदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति, विसंगतिको भण्डाफोर अभियानमा रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077