Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा र राप्रपाको अवरोध कायमै, सभामुखले पेलेरै अघि बढाए संसद

रास्वपा र राप्रपाको अवरोध कायमै, सभामुखले पेलेरै अघि बढाए संसद

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच सभामुख देवराज घिमिरेले सभाको कामकारबाही अगाडि बढाएका छन् ।

सभामुख घिमिरेले बोल्ने समय दिएपश्चात रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएकाले तत्काल सुनुवाई हुनुपर्ने बताएकी थिईन् ।

राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी थिईन् ।

उनले बोलेपछि सभामुखले विभिन्न १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाएका हुन्।

अहिले भने रास्वपाका सांसदले वेल घेराउ गरेका छन्। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077