Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भारतले इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्ने

भारतले इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्ने

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो ।

इरानस्थित भारतीय दूतावासले भारतका छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको छ ।

उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

परराष्ट्रमन्त्री डा. राणाले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077