काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले संसदमा मन्त्रीहरुको अनुपस्थित गम्भीरताकासाथ लिनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका हुन् ।
विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिँदै भने, ‘एकै पटक १० वटा मन्त्रालयको छलफल संसदमा किन पुग्यो ? एउटा यो गम्भीर प्रश्न हो । हिजो केही मन्त्रीजीहरू आउनु भएन । म माननीय मन्त्रीहज्यूहरूलाई भन्न चाहन्छु, संसद् चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ । जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्यो होला ।’