Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अमनलाल मोदीको प्रश्न - शिक्षा ऐन विधेयक संसदमा किन आएन ?

अमनलाल मोदीको प्रश्न - शिक्षा ऐन विधेयक संसदमा किन आएन ?

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरेपनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले शिक्षा ऐन ल्याउने कुरा गर्‍यो तर संसदमा आजसम्म किन नआएको भन्दै प्रश्न समेत गरे ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कुरा गर्दा शिक्षकहरुले गरेका आन्दोलनबारेमा स्मरण गराउँदै उनले भने, ‘शिक्षकसँग वार्ता र सम्वाद गरेर सरकारले सम्झौता पनि गरेको छ अहिलेसम्म आएको छैन । कहाँ गयो ? यो विषयमा कमसेकम हामीले जुन तरिकाले शिक्षकहरूसँग वार्ता र संवाद गरेका थियौं यो कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077