Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन : प्रधानमन्त्री ओली

नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन : प्रधानमन्त्री ओली

शनिवार , आषाढ ७, २०८२

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली निर्माणका लागि नेपालले गर्ने कार्य भएको बताए।

प्रधानमन्त्री ओलीले भने–‘योगका आठ वटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मतिबुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन।’

प्रधानमन्त्री ओलीले आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने–‘पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डाक्टर चाहिन्छ धेरै डाक्टर उत्पादन गर्छौ, तर डाक्टरको संख्या बढाउने भन्दा बढि रोगीहरुको संख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077