Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आइतवार , आषाढ ८, २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077