Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजनमाथि छलफल गरिनेछ ।

सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन् । उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077