Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुनेछ

गृहमन्त्री लेखकले भने - भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुनेछ

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाएको बताए ।

गृहमन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय छानबिन समिति बनाएको जानकारी गराउँदै उनले नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउने बताए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077