Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसईई नतिजा प्रकाशन अन्तिम चरणमा, आजै बोर्ड बैठक बस्ने तयारी

एसईई नतिजा प्रकाशन अन्तिम चरणमा, आजै बोर्ड बैठक बस्ने तयारी

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आज बोर्डको बैठक बस्ने तयारी गरिएको छ ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयार भइसकेको जनाउँदै भने, “नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भने बोर्ड बैठकबाटै हुन्छ। सम्भवतः बैठक आजै बस्छ।” तर बैठक आज बस्ने भए पनि समय निर्धारण भएको छैन ।

चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए।

कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ। यदि बोर्डको बैठकले निर्णय गरेमा नतिजा आज साँझ वा भोलि बिहानसम्म सार्वजनिक हुने सम्भावना उच्च छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077