Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० र १२ वर्षमा शिक्षकको आवधिक बढुवा, एसईई प्रदेशबाट सञ्चालन

१० र १२ वर्षमा शिक्षकको आवधिक बढुवा, एसईई प्रदेशबाट सञ्चालन

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको आवधिक बढुवासम्बन्धी प्रस्तावमा सहमति जनाएको छ।

शनिबार बसेको समितिको बैठकमा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकलाई आवधिक बढुवाका लागि योग्य ठहर गरिने निर्णयमा सहमति जुटेको हो।

बैठकमा प्रस्तावमाथि सदस्यहरूले आआफ्नो धारणा राखेका थिए। छलफलपछि समितिका सदस्यहरूले प्रस्ताव पारित गर्न सर्वसम्मत सहमति जनाएका थिए।

एसईई प्रदेशबाट सञ्चालन गर्नेगरी शिक्षा समितिमा प्रस्ताव पारित
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश तहबाट सञ्चालन गर्ने गरी संसद्को शिक्षा समितिबाट प्रस्ताव पारित भएको छ।

विद्यालय शिक्षा विधेयकमा छलफलको क्रममा शिक्षा उपसमितिले आफ्नो प्रतिवेदनमा एसईई हटाउने प्रस्ताव गरेको थियो।

एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो।

कक्षा १० अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव समिति सभापति अम्मरबहादुर थापाले गरेका थिए। त्यसमा समितिका अधिकांश सदस्यहरूले पारित गरेका हुन।

प्रदेशबाट सञ्चालन गर्दै गर्दा राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर काम गर्नुपर्नेछ। त्यस्तै प्रदेश कानूनको व्यवस्था भएबमोजिम हुने र त्यो नहुँदासम्म सङ्घीय कानून अनुसार सञ्चालन गर्न बाधा नपुग्ने भनिएको हो।

उक्त प्रस्तावमा शिक्षामन्त्री रघुजी पन्तले यो संविधान विरोधी नभई यसले शिक्षाको गुणस्तर सुधार ल्याउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077