Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि बहुआयामिक एजेन्डा तय गरेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यो एजेन्डा तय गरेको हो।

पार्टी प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्था तथा शुभेच्छुक संगठनहरूको अवस्था, पार्टीको सक्रिय सदस्यता वितरण लगायतका विषयमा विस्तृत छलफल हुने छ।

बैठकमा केन्द्र तथा प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालय तथा कार्यक्षेत्रको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन्। यससँगै गठबन्धन सरकारको समग्र प्रभावकारिता र भावी रणनीतिबारे पनि महत्वपूर्ण बहस हुने प्रवक्ता महतले जानकारी दिए।

तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्था तथा संगठनहरूको तदर्थ समिति थप गर्ने वा नगर्ने सम्बन्धमा ठोस निर्णय हुने जनाइएको छ। साथै, पार्टी महामन्त्रीले सक्रिय सदस्यता वितरण अभियानको प्रगतिबारे प्रतिवेदन पेस गर्नेछन्।

प्रवक्ता महतका अनुसार बैठकले पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र सरकारको सन्देश जनतासम्म पुर्‍याउने योजनालाई धार दिन महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077