Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनः आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

पुनः आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ–‘२०८२ वैशाख १७ गते राज्यपक्ष र महासंघबिच महत्त्वपूर्ण सहमति भयो, त्यो सहमतिमा महासंघसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो, तर सो प्रतिबद्धताअनुरूप असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भएको छैन ।’

यसबाट आमनेपाली शिक्षकरकर्मचारी सशंकित र आक्रोशित भएको महासंघले जनाएको छ ।

राजधानी केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता भएको थियो।

तर महासङ्घका अनुसार तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशङ्कित र आक्रोशित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077