Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन, वार्ता छाडेर बाहिरिए महासंघका प्रतिनिधि

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको छलफल निष्कर्षबिहिन, वार्ता छाडेर बाहिरिए महासंघका प्रतिनिधि

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता विना निष्कर्ष टुंगिएको छ ।

शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले अहमति जनाएका हुन् ।

मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएकाछन् ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी भएका थिए ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक रोकेर मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेकोमा निष्कर्ष निस्कन नसकेको हो ।

समितिको बैठक सोमबार बिहान ८ बजे तय भएकोमा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गर्ने भन्दै दिउँसो २ बजेका लागि सारिएको थियो ।

तर, महासंघका प्रतिनिधिसँग सहमति नजुटेपछि अझै बैठक सुरु हुन नसकेको छैन ।

पदपूर्तिका सवालमा शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुटेको अवस्थामा विद्यालय शिक्षा विधेयक समितिबाट पास गरेर प्रतिनिधि सभामा लैजाने तयारी मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077