Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षा समितिमा सवालजवाफ, विद्यालय शिक्षा विधेयकमा आज सहमति जुट्ने सम्भावना घट्यो

शिक्षा समितिमा सवालजवाफ, विद्यालय शिक्षा विधेयकमा आज सहमति जुट्ने सम्भावना घट्यो

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकका बाँकी भएका केही विषयमा सहमति गरेरर आजै टुग्याउने कसरत गरेपनि त्यो सम्भव हुन नसक्ने देखिएको छ ।

संसदीय समितिबाट पास गरेर प्रतिनिधिसभामा पठाउने अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति नजुट्दा फेरि विवाद बढेको हो ।

विधेयक पास गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरिएको यो विधेयकमा केही प्रावधानमाथि प्रश्न उठेपछि अन्योल बढ्दै गएको छ ।

शिक्षक महासंघका प्रतिनिधिसँगको छलफलमा कुरा नमिलेपछि शिक्षामन्त्री रघुजी पन्तले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।

देउवाको सन्देश बोकेर मन्त्री पन्तले समितिमा बैठक स्थगित गर्ने प्रस्ताव गरे । तर, उक्त प्रस्तावमा धेरैजसो सांसदहरूले आपत्ति जनाए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको अवस्थामा जस्ताको तस्तै विधेयक पारित हुने हुँदा आफ्नो दलको सहमति नहुने बताए ।

‘यो ७५र२५ को कुरा मैले गरेको होइन । सत्तामा बस्नेले नै सहमति गरेको हो । पछिल्लो सरकारले जिम्मा लिनु पर्छ कि पर्दैन ? ६०:४० उपपिमसतले निर्णय गरेको छ । हाम्रो विपत्ति छैन,’ उनले भने–‘सहमतिमै टुङ्गोमा पुगौं भनेको हो । आन्दोलन जारी नगरोस् भनेको मात्रै हो । यो विधेयक असहमति गर्नेपछि नधकेल्न मन्त्री र म किन लाग्नुपर्‍यो । यस्तो अन्यथा गर्नु पर्‍यो र ? के मक्सद हुन सक्छ र ?’

जस्ताको तस्तै विधेयक पारित हुने भए आफू बैठक छाडेर हिँड्ने चेतावनी दिंदै उनले भने–‘मेरो आग्रह छ यो ६०ः४० को कुरामा तपाईंहरूले मेरो प्रस्ताव हो । पार्टीको पनि प्रस्ताव हो । ६०ः४० को पक्षमा छु । खुलालाई जोड दिने मान्छे हो । जस्ताको तस्तै हुने हो भने, कांग्रेसको सहमति हुँदैन । म चाहिँ हिंड्छु,’ उनले भने ।

लगत्तै माओवादी सांसद देवेन्द्र पौडेलले घिमिरेमाथि केही प्रश्न तेर्स्याए ।

‘सरकार अविच्छिन्न नै हो । तीन वटा भन्दा प्रधानमन्त्री परिवर्तन नै भएको छैन । ७५ः२५ मा टुंग्याऔं भनेर हामीले पहिला भनेको हो,’ उनले भने–‘सरकारको अपरिपक्वता के हुन्छ ? के मा सहमति गरेको हो ? अस्ति के मा सहमति भएको हो ?’

सरकारले यसअघि नै भइसकेको सहमतिलाई फेरि उल्ट्याउन खोज्नु संसद्को अपमान भएको जिकिर गरे ।

माओवादी सांसद पौडेलले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाए ।

विवादित विषयमा छलफल गर्न बनेको उपसमितिले टुंगो लगाएका विषयमा पुनः समस्या सुरु भएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

माओवादी सांसद रेखा शर्माले प्रधानमन्त्रीसँग नै सल्लाह गर्नुपर्ने भएपनि गरेर आजै राति १२ बजेसम्म टुंगो लगाउनपर्ने बताइन् ।

उनले भनिन्–‘दलहरूबाट पनि हामीलाई दबाब छ । राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं । बैठक स्थगित नगर्नुस् । आजै पास गरौं ।’

त्यस्तै, सांसद दिपा शर्माले पनि आजै पास गर्नुपर्ने बताइन् । उनले भनिन्–‘शिक्षक महासंघलाई सम्मान गर्छौं । ६०ः४० को कुरामा नयाँलाई ढोका खोल्नुपर्छ । युवा विदेश गएका छन् । अलिकति त बाटो खोलौं । रातको १२ बजेसम्म बस्छौं । पास गरौं ।’

अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले अझै ८ घण्टा कुर्न तयार भएको बताइन् । उनले भनिन्–‘८ घण्टा कुर्‍यौं । अर्को ८ घण्टा कुर्न तयार छौं । स्थगित नगरियोस् । टुंगो लगाउने स्थितिमा छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077