Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरु भएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइने छ।

साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।

उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिने छ ।

हिजोको बैठकमा डा. शेखर कोइराला लगायतले आफ्नो धारणा राखेका थिए । बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077