Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

'कुलिङ पिरियड' तोडमोडबारे छानबिन गर्नुपर्छ, अब राष्ट्रियसभाले सच्याउनु पर्‍यो : विश्वप्रकाश शर्मा

'कुलिङ पिरियड' तोडमोडबारे छानबिन गर्नुपर्छ, अब राष्ट्रियसभाले सच्याउनु पर्‍यो : विश्वप्रकाश शर्मा

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको उल्लेख गरे । समितिबाट एउटा कुरा पारित हुने र सदनमा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलोपटक भएको बताए ।

यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । कुलिङ पिरियड राष्ट्रियसभाले सच्याउनुपर्ने पनि महामन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077