काठमाडौं । अमेरिकी सिनेटमा लामो रस्साकसीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक झिनो मतले पारित भएको छ ।
अमेरिकी सिनेटमा २४ घण्टाभन्दा बढीको बहसपछि यो विधेयक पारित भएको हो ।
तर, सत्तारुढ रिपब्लिकन पार्टीभित्र फुट देखियो । यो विधेयक ‘वन बिग ब्युटिफुल बिल एक्ट’को मतदानमा पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति जेडी भान्सले ‘टाई–ब्रेकिङ’ मत दिँदा पारित भएको हो ।
यो विधेयक अब तल्लो सदन कंग्रेसमा फर्किनेछ, जहाँ यसले अझै विरोधको सामना गर्नुपर्ने बताइएको छ ।
यसअघि तल्लो सदन कंग्रेसमा रिपब्लिकनहरूले यो विधेयकलाई एक मतको झिनो अन्तरले पारित गरेका थिए ।