धनगढी । सुदूरपश्चिमकै अनुकरणीय शैक्षिक संस्थाका रूपमा परिचित चैतन्य पाठशालाले कक्षा ११ मा अध्ययन गर्न चाहने मेधावी तथा आर्थिकरूपमा कमजोर २५ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउँदैछ ।
शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, र प्रकृति-संस्कृतिको सम्मान’ भन्ने मूलमन्त्र बोकेको चैतन्यले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सत्र २०८२ का लागि यो छात्रवृत्ति कार्यक्रम अघि बढाएको हो ।
अध्यक्ष गणेश प्रसाद जोशीका अनुसार पूर्ण छात्रवृत्तिका लागि असार २५ गते प्रवेश परीक्षा सञ्चालन गरिने छ । परीक्षा विद्यालयकै परिसरमा हुनेछ ।
इच्छुक विद्यार्थीहरूले असार २४ गते साँझ ५ बजेभित्र आवेदन फारम बुझाइसक्नुपर्ने उनले जानकारी दिए । चैतन्यले हरेक वर्ष यस्तै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा पहिलो पटक भर्ना खुलाएको छ । “हामी परीक्षामा मात्रै केन्द्रित छैनौँ, जीवनका हरेक मोडमा सक्षम बनाउने शिक्षा दिन्छौं,” उनले भने ।
चैतन्य पाठशालाले शिक्षा र संस्कारलाई सन्तुलनमा राख्दै अनुभवी शिक्षकहरू, प्रविधिमैत्री शिक्षण प्रणाली, विषयगत प्रयोगशाला, पुस्तकालय, मनो–परामर्श कक्षा र व्यक्तित्व विकास कार्यक्रममार्फत विद्यार्थीहरूलाई समग्र रूपमा सक्षम बनाउने अभ्यास गर्दै आएको छ ।