Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरक–फरक हुनुपर्छ : सुमना श्रेष्ठ

शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरक–फरक हुनुपर्छ : सुमना श्रेष्ठ

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीमै प्रश्न उठाएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरक–फरक हुनुपर्ने बताएकी हुन् ।

उनले भनिन्–‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’ विधेयक निर्माणका क्रममा अभिभावक र विद्यार्थीको धारणा नलिइएकोप्रति पनि उनको गुनासो छ ।

शिक्षा विधेयक कस्तो हुनुपर्छ भनेर सरकारले विद्यार्थीहरु मतलाई वेवास्ता गरेको उनले आरोप लगाइन् ।

उनले भनिन्–‘विधेयकको स्टेक होल्डर त अभिभावक र विद्यार्थी होला नि, उहाँहरुसँग त फिटिक्क केही छलफल गरेको छैन । बच्चाको भोटिङ कार्ड नभएर होला, उहाँहरुलाई इग्नोर भएको होला ।’

सांसद् श्रेष्ठले भनिन्–‘विद्यार्थीले जतिसक्छ प्रतिष्पर्धा खोजेका छन्, विद्यार्थीलाई पोशाकको व्यवस्था गरौं, अतिरिक्त कक्षाको व्यवस्था गरौ, खेलकुदको हरेक व्यवस्था गरौं, अतिरिक्त पाठ्यक्रम विकास गरौं, पाठ्यक्रमको रिभ्यू गर्नु पर्‍यो, यो मेरो माग हो ।’

बढुवा र सरुवा तोकिए बमोजिम राखेर जान नहुने उनको तर्क छ । उनले भनिन्–‘कक्षामा उपस्थित भएको आधारमा, वार्षिक योजना बनाएको आधारमा, विद्यार्थीको सिकाईको आधारमा बढुवा हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077