Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो

लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ ।

हवाइ फायर गरेर प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।

भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077