Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार : ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर

थाहा नगरपालिकामा अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार : ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको थाहा नगरपालिका अन्तर्गत अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन प्लान्ट खरिदका क्रममा आपसी मिलेमतोमा बढी मूल्य तोकिएको र कम गुणस्तरको सामग्री खरिद गरिएको पाइएको हो ।

कुल १ करोड ५५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको योजनामा डेसिकेन्ट एयर ड्रायर टेक्नोलोजी तोकिएको भए पनि बदनियतपूर्वक रेफ्रिजरेटेड एयर ड्रायर प्रविधि प्रस्ताव गर्ने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिलाई छनोट गरिएको आयोगको निष्कर्ष छ । आठ कम्पनीले बोलपत्र दिएकोमा तोकिएको प्रविधि प्रस्ताव गर्ने दुई कम्पनी उपेक्षा गरिएको बताइएको छ ।

सार्वजनिक खरिद ऐन र नियमविपरीत १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसाको ठेक्का सम्झौता गरी १२ लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरिएको आयोगको भनाइ छ । यो कार्य भ्रष्टाचारजन्य गतिविधि भएको आयोगले ठहर गरेको छ।

मुद्दामा संलग्न ठहर गर्दै आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, इन्जिनियर सन्तोष बोहरा, सहायक सुदर्शन पहेली, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, र सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिका अध्यक्ष सोबित प्रसाईविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसाको बिगो कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077