एजेन्सी । टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
भीषण वर्षाका कारण जलाधार क्षेत्रको सतह अत्यधिक बढ्दा दुई दिनदेखि आएको बाढीका कारण मृत्यु हुनेको संख्या स्थानीय समयअनुसार सोमबार बिहानसम्म ६७ जना पुगेको हो ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी केरि काउन्टीका ५९, ट्राभिसका ४, बर्नेटका ३ र केन्डाल काउन्टीका १ जना रहेका छन् । बाढीकै कारण माइस्टिक समर क्याम्पबाट ७ सय ५० मध्ये २७ जना किशोरीहरू बेपत्ता भएका छन् ।
हन्ट टेक्सासमा रहेको नदीमा पानीको बहाव र सतह अत्यधिक बढ्दा किनारमा रहेको क्रिस्टियन क्याम्पमा रहेको २७ जना किशोरी बेत्तपा भएका हुन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ ।