एजेन्सी । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ’हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको जानकारी दिइएको छ ।
हूथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीमा प्रसारित वक्तव्यमा, हूथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको जानकारी दिए ।
उनले आक्रमणले अस्थायी रूपमा इजरायलमा हवाई यातायातमा अवरोध आएको र मानिसहरू सुरक्षाको लागि आश्रय स्थलहरूमा गएको उल्लेख गरे।
यो आक्रमण इजरायल र हमासबीच कतारमा बन्धकहरू र युद्धविरामसम्बन्धी वार्ता पुनः सुरु गर्ने सहमति भएको एक दिनपछि भएको हो ।