Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भोजपुरमा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो

भोजपुरमा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो

सोमवार , आषाढ २३, २०८२

भोजपुर । भोजपुरको रामप्रसादराई-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।

भोजपुर नगरपालिका-२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सङ्कलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैयाँ रकम मृतक आफन्तलाई हस्तान्तरण गरे ।

मृतक परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ।

‘मृतक परिवारको आर्थिक अवस्था कमजोर छ,’ अध्यक्ष राईले भने, ‘सचिवालयबाट सङ्कलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ। गाउँपालिकाको तर्फबाट पनि सहयोग गर्छौँ।’ शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077