Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकहरू सडकमा, अस्पतालमा बिरामी अलपत्र

चिकित्सकहरू सडकमा, अस्पतालमा बिरामी अलपत्र

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । अति संवेदनशील र आपत्कालीन सेवा अन्तर्गत पर्ने अस्पतालको आकस्मिक एवं सघन उपचार(आईसीयू) बाहेकका सेवा ठप्प हुँदा विरामीहरुको विचल्ली भएको छ ।

सोमबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूका कारण बिरामीहरू अस्पतालमा अलपत्र परेका छन् ।

आकस्मिक बाहेकका सेवा बहिष्कार गरेर चिकित्सकहरू माइतीघरमा आन्दोलनमा व्यस्त हुँदा मंगलबार पनि विरामीहरुले उपचार पाएका छैनन् ।

टाढा टाढाबाट आएका बिरामीहरू अस्पतालमै अलपत्र परेका छन् । यसैगरी लामो समय पालो कुरेका र जटिल समस्या भएका बिरामीहरू झन् मारमा परेका छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

त्यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा छ ।

यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले हिजोबाट आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा उचित संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

एकै व्यवस्थाका कारण उपभोक्ता अदालतले फैसला गर्दै चर्को जरिवाना गराएको चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077