एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप रक्षात्मक हतियार पठाउने योजनामा रहेको बताएका छन् ।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको रात्रिभोजअघि यस्तो बताएका हुन् ।
उनले भने, “हामी थप हतियार पठाउन गइरहेका छौँ, हामीले गर्नैपर्छ किनभने उनीहरूले आफ्नो रक्षा गर्न सक्नुपर्छ । उनीहरू निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । हामीले थप हतियार पठाउनुपर्छ,” ट्रम्पले थपे, “मुख्यरूपमा रक्षात्मक हतियार । तर, उनीहरू निकै कठिन अवस्थामा छन् ।”
राष्ट्रपतिको पछिल्लो भनाइ गत साता ट्रम्प प्रशासनले युक्रेनलाई हवाई रक्षा मिसाइललगायत केही हतियार आपूर्ति रोकेपछि आएको हो ।