Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलायो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । आन्दोलनरत नेपाल चिकित्सक संघलाई सरकारले वार्ताका लागि बोलाएको छ ।

स्वास्थ्य सेवा ठप्प पारेर गरिएको आन्दोलन अन्त्य गर्ने विषयमा मंगलबार साँझ सरकार र संघबीच वार्ता हुन लागेको हो । उपभोक्ता अदालतको फैसलाको विरोधमा उनीहरु आन्दोलित छन् ।

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरासिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित सरकारी टोलीले संघका पदाधिकारीसँग वार्ता गर्नेछ ।

नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले तीनवटै मन्त्रालयबाट वार्ताका लागि मौखिक रूपमा बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077