Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र चिकित्सकबीच सहमति : आन्दोलन स्थगित, ७ दिनभित्र सुझाव दिन कार्यदल गठन

सरकार र चिकित्सकबीच सहमति : आन्दोलन स्थगित, ७ दिनभित्र सुझाव दिन कार्यदल गठन

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच मंगलबार साँझ सहमति जुटेपछि चिकित्सकहरूले सबै आन्दोलनका कार्यक्रमहरू आजैदेखि स्थगन गर्ने घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघसँग भएको वार्तापछि सरकार चिकित्सकका माग सम्बोधन गर्न सहमत भएको हो।

दुवै पक्षबीच भएको सहमतिअनुसार, आन्दोलनका क्रममा उठाइएका मागहरू सम्बोधन गर्न आवश्यक कानूनी तथा नीतिगत संशोधनका लागि सुझावसहितको प्रतिवेदन तयार पार्ने कार्यदल गठन गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठित उक्त कार्यदलले सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

कार्यदलमा न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधिहरू सदस्य रहनेछन्।

कार्यदलले तयार पारेको प्रतिवेदन नेपाल चिकित्सक संघ र सम्बन्धित तीन मन्त्रालयका मन्त्रीसहितको वार्ता टोलीमा पेस गरिनेछ र त्यसलाई कार्यान्वयन गरिने सहमति समेत भएको छ।

नेपाल चिकित्सक संघले समेत आफ्ना सम्पूर्ण आन्दोलनात्मक कार्यक्रमहरू फिर्ता लिँदै नियमित स्वास्थ्य सेवा पुनः सुचारु गर्ने प्रतिबद्धता जनाएको छ । उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077