Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भिजिट भिषा प्रकरणमा संसद अवरोध गर्दै आएको रास्वपालाई गृहमन्त्रीको प्रश्न – रवि लामिछानेबाट दुरुपयोग भएको हो कि होइन ?

भिजिट भिषा प्रकरणमा संसद अवरोध गर्दै आएको रास्वपालाई गृहमन्त्रीको प्रश्न – रवि लामिछानेबाट दुरुपयोग भएको हो कि होइन ?

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको हो कि होइन ? भन्दै प्रश्न गरेका छन् ।

रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएको विषय उठाइरहेको बेलामा गृहमन्त्री लेखकले प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछाने भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भने–‘रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?’

यदि भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन आग्रह गरे ।

उनले भने–‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन। अनि भिजिट भिसा दूरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइनँ । तर साथीहरु अलि गर्न नहुनेतिर जानुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077